दैलेख : प्रजातन्त्र दिवसको अवसर पारेर दैलेखको पहिलो पत्रिका धमाका दैनिकले समस्यामा परेका नागरिकहरूको लागि सहायता अभियानको सुरुवात गरेको छ ।
दैलेखको नौमूले गाउँपालिका ८ चौराठाकी व्लडक्यान्सर पीडित पार्वती चन्द अहिले उपचारका लागि रकम अभावले समस्यामा परेकी छन् । परिवारले लाखौँ रकम खर्च गरिसकेको छ । ४० लाख रकम भएपछि उनको बोन म्यारो परिवर्तन गर्न सकिने भन्दै अहिले उनको उपचार लखनउमा भइरहेको छ ।
दैलेखका आम नागरिकहरूले आफ्नो क्षमताअनुसारको सहयोग रकम प्रदान गरिरहेका छन् । दैलेखको धमाका दैनिकले पनि ५ हजार १ सय रकम पीडित पार्वती चन्दका छोरा प्रवीन चन्दलाई हस्तान्तरण गरेर अभियानको सुरुवात गरिएको धमाका दैनिकका सम्पादक विष्णु शर्माले जानकारी दिएका छन् । धमाका दैनिककी संरक्षक अनिता कुमारी के.सी.ले उत्त रकम हस्तान्तरण गरेकी हुन् ।
जिल्लाभरका सवै खाले समस्यामा परेका नागरिकहरूका विभिन्न खाले समस्या समाधानका लागि दैनिकले थालेको अभियान प्रभावकारी भएको एकराज वि.सी.ले जानकारी दिएका छन् ।






